दिउसै लालटिन बाल्दै कानुन व्यवसायी

54

काठमाडौं – नेपाल बार एसोसिएसनले सर्वोच्च अदालत प्रशासनले निवेदन दर्ता गर्न अस्वीकार गरेकोमा लालटिन बालेर विरोध जनाउने भएको छ।

आज दिउँसो सवा १ बजेतिर बारको परिसरमा लालटिन बालेर विरोध प्रदर्शन गर्ने बारका प्रवक्ता एवं महासचिव वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जानकारी दिए।

‘लालटिन बाली अदालतको प्रशासनको अनपेक्षित क्रियाकलाप र हर्कतको विरोध सहित न्याय, विवेक र स्वच्छ प्रक्रियाको खोजी गर्नेछौं,’ उनले भने।

प्रशासनले निवेदनलाई दर्ता नगरी राख्नु अधिकार बाहिरको काम र न्याय मार्गमा अवरोध पुर्‍याएको बारले ठहर गरेको छ।

सर्वोच्च अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दालाई प्रतिनिधि सभामा यज्ञमणि न्यौपाने र समीक्षा बास्कोटाले बोलेका थिए। यस विषयलाई पनि बारले ध्यानाकर्षण भएको बताउँदै दु:खद् भएको बताएको छ।

बारले त्यस्ता मन्तव्यहरू संसदीय अभिलेखबाट हटाउन र पुनः यस्ता घटनाहरू दोहोरिन नदिन स्पष्ट आदेश गर्न सभामुखलाई अनुरोध समेत गरेको छ।

समाचार वर्गहरू