दिलभूषण पाठकविरूद्ध साइबर अपराधको मुद्दा दायर

78

काठमाडौं – पत्रकार दिलभूषण पाठकविरुद्ध जिल्ला अदालत काठमाडौंमा साइबर अपराधको मुद्दा दायर भएको छ ।

पाठक विरुद्ध साइबर अपराध गरेको आरोपमा नेपाल प्रहरीको साइबर ब्यूरोले मुद्दा दायर गरेको हो । साइबर ब्यूरोले युट्युबमार्फत घृणा र द्वेष फैलाएको आरोपमा पाठकमाथि लागेकाे छ ।

प्रहरीले पक्राउ पूर्जी जारी गरेर पाठकमाथि अनुसन्धान अघि बढाउन खोजेको थियो । उच्च अदालतले पक्राउ नगर्नु भनी आदेश गरेपछि प्रहरीले उनलाई पक्राउ गरेको थिएन ।

निवेदकले आफ्नो तस्बिरका साथमा ‘हिल्टनमा जयवीर देउवाको (कांग्रेस सभापति शेरबहादुर देउवा पुत्र) पैसा’ भन्ने शीर्षक राखी ‘काठमाडौंस्थित पाँचतारे हिल्टन होटलमा शाही अग्रवाल र दीपक भट्टको लगानी रहेको छ ।

मुद्दाकाे पूर्णपाठ

समाचार वर्गहरू