दुई साताका लागि त्रिविका क्याम्पस बन्द

21

काठमाडौं – कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि त्रिभुवन विश्वविद्यालयले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ ।

त्रिविका सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख सूर्यप्रसाद अधिकारीले आइतबार एक सूचना जारी गरी आजबाट भदौ १५ गतेसम्म मातहतका सबै क्याम्पस बन्द गर्ने जनाएको हो ।

शिक्षक तथा कर्मचारीले आफ्नो प्रमुखसँग सम्पर्कमा रही घरबाटै काम गर्ने, भर्चुअल कक्षा सञ्चालन गर्ने र जनसम्पर्क हुने सेवाका कार्य बन्द गर्ने जानकारी दिए ।

यस्तै मातहतका अस्पताल र सेवा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको सुरक्षा मापदण्ड पालना गरी सञ्चालन गर्ने सूचनामा उल्लेख छ ।

समाचार वर्गहरू