दुर्गा प्रसाई पक्राउ, तीन कसूरमा मुद्दा चलाउने तयारी

60
फाइल फोटो

काठमाडौँ – अभियन्ता तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । उनलाई प्रहरीले भक्तपुरस्थित निवासबाट पक्राउ गरेको हो ।केन्द्रीय अनुसन्धान व्युरो सीआईबी प्रमुख दीपक थापाले उनलाई कानुनी दायरामा ल्याइएको पुष्टि गरे

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधसहित तीन वटा कसूरमा अनुसन्धान गरिने नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले जनाएको छ ।

प्रसाईंविरुद्ध साइबर अपराध, कागजात कीर्ते र मानहानिको कसूरमा अनुसन्धान गरिने र सोही बमोजिम मुद्दा चलाइने सीआईबीको तयारी छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको टेलिकममा ३२ अर्ब नेपाली रुपैयाँ लगानी गरेको दाबी गर्दै प्रसाईंले सोमबार एक भिडियो सार्वजनिक गरेका थिए।

सो भिडियोमा प्रयोग गरिएको सामग्री नक्कली रहेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। प्रसाईसँगै फेक भिडियो बनाउने अन्यलाई पनि कानूनी कारबाहीको दायरामा ल्याइने सीआईबीले बताएको छ ।

समाचार वर्गहरू