धुम्बाराहीमा देउवा र परियारबीच चर्काचर्की

8

काठमाडौं – सभापति शेरबहादुर देउवाको निवासमा बिहीबार पार्टीको आन्तरिक र सरकारमा पार्टीले खेल्ने भूमिका बारे छलफल गर्न बसेको पदाधिकारी बैठकमा चर्काचर्की भएको छ।

बैठकको सुरुमै मन्त्रिपरिषद्‌ विस्तारबारे सभापति देउवालाई सहमहामन्त्री जीवन परियारले समावेशीको कुरामात्रै गर्ने कि त्यसलाई पालना गर्नुपर्दछ भन्ने पनि बुझ्ने भनेर प्रश्न सोधे। ‘पार्टीले समावेशीको मुद्दा बोक्ने मात्रै कि दलित, मधेशी, उत्पिडनमा परेका क्षेत्रलाई नियामक क्षेत्रमा प्रतिनिधित्व गराउने? कांग्रेसले मन्त्रिपरिषद्‌मा यी समुदायका मान्छे किन पठाएन?,’ सहमहामन्त्री परियारलाई उदृत गर्दै बैठकमा सहभागी एक पदाधिकारीले भने, ‘यसरी पार्टीले रुपान्तरणको राजनीति अघि लैजान सक्दैन। सभापतिज्युको यो निर्णय र सिफारिसप्रति मेरो घोर आपत्ति छ।’

लगत्तै देउवाले अर्कै दलको नेतृत्वमा सरकार भएको र अहिले समावेशीता मिलाउन सम्भव नभएको जवाफ फर्काए। देउवाले अर्कोपटक कांग्रेसले एकल सरकार बनाउने र त्यही बेलामात्रै समावेशी हुनेबताए। ‘अर्कोपटक बहुमत ल्याउने अनि समावेशी मन्त्रिपरिषद् बनाउने हो। अहिले सम्भव नै छैन। अर्कैको नेतृत्वमा सरकार छ। मागेको जति सबै पाइन्छ,’ देउवालाई उदृत गर्दै ति पदाधिकारीले भने, ‘आलोपालो सरकार बन्ने कुरा छ। त्यो बेलामा हेरौँला।’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नेतृत्वको गठबन्धन सरकारमा सहमहामन्त्री परियार मन्त्री हुने चर्चा थियो।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू