नर्सिङ संघमा नेकपा समर्थित प्रगतिशील समूह विजयी

23

काठमाडौं – नेपाल नर्सिङ संघको २१ औं कार्य समितिमा नेपाल कम्युनिस्ट पार्टी समर्थित नर्स प्यानल विजयी भएको छ । बिहीबार सार्वजनिक चुनाव परिणाम अनुसार अध्यक्षमा नेकपा समर्थित प्रगतिशील समूहकी मनकुमारी राई निर्वाचित भएकी हुन् ।

निकटतम प्रतिष्पर्धी प्रजातान्त्रिक समूहकी मुना राना थापा भन्दा १२ सय बढी मत ल्याएर राई निर्वाचित भएकी हुन् ।
राईले ३ हजार २७६ मत प्राप्त गर्दा उनकी प्रतिस्पर्धी थापाले २ हजार ८५ मत प्राप्त गरिन् ।

संघको वरिष्ठ उपाध्यक्षमा रमेश सुब्बा, उपाध्यक्षमा मिना बानियाँ, महासचिवमा नर्वदा थापा, सचिवमा प्रमिला थकाली र कोषाध्यक्षमा कल्पना श्रेष्ठ विजयी भएका छन् । यस्तै सदस्यहरुमा विजया अधिकारी, हरिप्रसाद कोजु, सोनु शेर्पा, सपना विक, सन्जुकुमारी महतो, कोहिनुर फारुकी, अम्बिका पौडेल र सीता केसी निर्वाचित भएका छन् ।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू