(काठमाडौं) – नेपाल निर्माण तथा सम्बद्ध श्रमिक संघ ललितपुरको २० औं वनभोज तथा जिल्ला परिषद कार्यक्रम सम्पन्न भएको छ । बालाजु २२ धारा परिसरमा भएको कार्यक्रम शनिबार सम्पन्न भएको हो ।
संघका ललितपुरका अध्यक्ष श्याम तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा ललितपुर महानगरपालिका १४ का वडा अध्यक्ष रामबाबु रावत, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय सदस्य बलदेव तामाङ, बागमती प्रदेश सचिव राजेश हुमागाई, भरत अधिकारी, केन्द्रीय युवा समितिका उपाध्यक्ष दुर्गा भण्डारी, संघका केन्द्रीय उपाध्यक्ष सपना तामाङ, केन्द्रीय सदस्य हरिशरण धिताल लगायत उपस्थित थिए ।