नुवाकोटमा ‘बुल फाइट’को रौनक : फोटो फिचर

20

मध्यबिन्दु/विदुर – मानिसको भिडभाडले सडकमार्ग पुरै अवरुद्ध छ । सवारी आवतजावत मात्र होइन मानिसलाई दुई पाइला राख्ने ठाउँ भेट्न समेत मुस्किल छु । रसुवा र नुवाकोट जिल्लाको सिमास्थित बेत्रावतीमा बुधबार भएको गोरु जुधाइको दृश्य हेर्न लायक थियो ।

माघे संक्रान्ति पर्वको अवसरमा नुवाकोटको बेत्रावती र तारुकामा लामो समयअघिदेखी गोरु जुधाइ मेला हुँदै आएको छ । नेपाल र भोटबीच वि। सं। १८४९ असोज १७ गते बेत्रावती सन्धि भएको खुसियालीमा बेत्रावतीमा गोरु जुधाइ मेला सुरु गरिएको हो ।
यस्तै बझांगी राजा विक्रमबहादुर सिंहका छोरा जयपृथ्वीबहादुर सिंह १८८७ सालमा तारुकास्थित मामाघर आउँदा गोरु जुधाएर मनोरञ्जन दिलाएको स्मरणमा तारकेश्वर गाउँपालिका ९साबिकको तारुका०को चन्दनीमा हरेक वर्ष माघे संक्रान्तिको अवसरमा गोरु जुधाइ मेला हुँदै आएको छ ।
यो वर्षको गोरु जुधाइ मेलामा बेत्रावतीमा १५ हल र तारुकामा २१ हल गोरु जुधाइएको मेला आयोजक समितिले जनाएका छन् ।

बेत्रावती गोरु जुधाइ मेलाका केही झलकहरु :मध्यबिन्दु अनलाइन

 

 

 

तस्वीरहरु : रविन अर्याल

माघेसंक्रान्ति पर्वको अवसरमा नुवाकोटको तारुका र बेत्रावतीमा हुँदै आएको गोरु जुधाइ मेला पछिल्लो समय जिल्लाका अन्य स्थानमा पनि मौलाउँदै गएको छ । यो वर्ष नुवाकोटका ६ स्थानमा गरी ५७ हल गोरु जुधाइएको जनाइएको छ । बेत्रावती र तारुकासहित पञ्चकन्या गाउँपालिकाको घले भञ्ज्याङ, लिखु गाउँपालिकाको कट्टीछाप, तादी गाउँपालिकाको सातबिसे, शिवपुरी गाउँपालिकाको शेराबगर, दुप्चेश्वरको सातबिसेलगायतका स्थानमा गोरु जुधाइएको छ ।

अन्य ठाउँहरुमा स्थानीयको उपस्थिति रहे पनि तारुका र बेत्रावतीमा गरिएको गोरु जुधाइ मेला हेर्न भने रसुवा र नुवाकोटसहित धादिङ, सिन्धुपाल्चोक, काठमाडौं, भक्तपुर, ललितपुर लगायतका जिल्लाहरुबाट समेत सयौं मानिसहरु आउने गरेका छन् ।

समाचार वर्गहरू