नेकपा सचिवालय बैठक जारी, स्थायी समिति बैठक आजै बस्ने

26

काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालय बैठक अहिले जारी छ । शनिबारका लागि बोलाइएको बैठक स्थगित भएपछि बैठक आइतबारका लागि सारिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा आजै बस्ने स्थायी समिति बैठकका प्रस्तावबारे छलफल भइरहेको नेकपा स्रोतले जनाएको छ ।

नेकपाको स्थायी समिति बैठक आज दिउँसो १ बजेपछि बस्ने छ । बैठकमा पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको राजनीतिक प्रतिवेदन पेश गर्ने छन् ।

समाचार वर्गहरू