नेकपा सचिवालय बैठक बस्दै, अध्यक्ष ओली सहभागी नहुने

17

साझा खवर/काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सोमबार बस्दै छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहिमा दिउँसो १ बजे बस्ने छ ।

बैठक उपनिर्वाचनको मत परिणामको समीक्षाका विषयमा केन्द्रित हुने नेकपा स्रोतले जनाएको छ । बैठकमा सभामुख चयनको विषय र अन्य राजनीतिक विषयहरुमा पनि छलफल हुनेछ ।

बैठकमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली भने उपस्थित नहुने स्रोतले जनाएको छ । कमजोर स्वास्थ्य अवस्थाका कारण प्रधानमन्त्री ओली बैठकमा सहभागी हुने छैनन् ।

एपेन्डिसाइटिसको शल्यक्रिया पछि उनलाई ९ दिन अस्पतालमा भर्ना गरिएको थियो ।

समाचार वर्गहरू