काठमाडौं । नेपाल चिकित्सक संघको अध्यक्षमा डा। बद्री रिजाल निर्वाचित भएका छन् । संघको ३० औं कार्यकारिणीका लागि भएको निर्वाचनमा डा. अध्यक्ष निर्वाचित भएका हुन् । डा. रिजालले आफ्ना नजिकका प्रतिस्पर्धी डा।मंगल रावल भन्दा २५६ बढी मत प्राप्त गरे । रिजालले ३१९६ मत पाउँदा डा. रावलले २९४० मत पाए । अध्यक्षका अर्को प्रतिस्पर्धी डा. नारायणप्रसाद भुसालले ८६९ मत प्राप्त गरे । त्यसैगरी बरिष्ठ उपाध्यक्षमा डा. सञ्जिव तिवारी विजयी भएका छन् । उनले ३०३६ मत पाए ।
उनका प्रतिस्पर्धी डा।कीर्तिपाल सुवेदीले २३०२ मत ल्याए । डा.अजय कुमार मिश्रले १४२१ प्राप्त गरे । महासचिवमा डा. विश्वराज दवाडी विजयी भएका छन् । उनले २७२२ मत पाए । उनका प्रतिस्पर्धी डा।कालुसिंह खत्रीले २४२३ मत पाउँदा डा.अमृत भुसालले १६४६ मत प्राप्त गरे । उपाध्यक्षमाहरुमा डा. रोशन खड्का (कोशी), डा.अमृत राजन मिश्र (मधेश), डा. सुवास भट्टराई (बागमती), डा. योगेशराज सिग्देल (गण्डकी), डा. नन्दा गुरुङ (लुम्बिनी), डा रविन खड्का (कर्णाली) र डा . प्रमोद जोशी (सुदूर–पश्चिम) विजयी भएका छन् ।
सचिवमा डा हुलास अग्रवाल विजयी भएका छन् भने कोषध्यक्षमा डा तेजुसिंह मल्ल विजयी भए । सदस्यहरूमा डा अमित झा, डा राकेश साह, डा पल्पसा श्रेष्ठ, डा विना श्रेष्ठ, डा सुमित काफ्ले र डा शेषराज घिमिरे विजयी भएका छन् । चिकित्सक संघको नयाँ नेतृत्वका लागि काठमाडौं उपत्यकाबाहिर वैशाख ४ र ५ गते अनि काठमाडौं उपत्यकामा वैशाख १७ र १८ गते निर्वाचन भएको थियो । सबै गरी ७१०० मत खसेको थियो । यस पटक मुख्यतथा ३ प्यालन टिम बनाएर चुनावी मैदानमा उत्रिएका थिए ।
टिम बन्द्री, टिम मंगल र टिम रिफर्मको नाममा प्यानल बनाएर चुनावमा होमिएका थिए । नेपाल चिकित्सक संघको चुनावमा रिजाल नेतृत्वको प्यानलले बहुमतसहित जित हात पारेको छ । मतपरिणाम अनुसार २ जना उपाध्यक्ष र ३ सदस्यबाहेक अन्य सबै पदमा बद्री प्यानलकै उम्मेदवार विजयी भएका छन् ।
गण्डकी उपाध्यक्ष विजयी डा यज्ञराज सिग्देल र कर्णाली उपाध्यक्षमा विजयी डा रविन खड्का भने मंगल प्यालनका हुन् । त्यसैगरी सदस्यमा टिम मंगलबाट डा अमित झा र डा पल्पसा श्रेष्ठ र टिम रिफर्मबाट डा शेषराज घिमिरेले जित हात पारेका छन् ।
कसको कति मत ?
अध्यक्ष – १ सिट
१. डा. बद्री रिजाल — ३१९६ (विजयी)
२. डा. मंगल रावल — २९४०
३. डा. नारायण प्रसाद भुसाल — ८६९
वरिष्ठ उपाध्यक्ष – १ सिट
१. डा. सञ्जीव तिवारी – ३०३६ (विजयी)
२. डा. कीर्तिपाल सुवेदी — २३०२
३. डा. अजय कुमार मिश्र — १४२१
महासचिव – १ सिट
१. डा. विश्वराज दवाडी — २७२२ (विजयी)
२. डा. कालु सिंह खत्री — २४२३
३. डा. अमृत भुसाल — १६४६
उपाध्यक्ष (प्रदेश संयोजक)
कोशी प्रदेश
१. डा. रोशन खड्का — ३००८ (विजयी)
२. डा. टंकाप्रसाद बराकोटी — २२३६
३. डा. हरिशंकर कार्की — ८७८
मधेश प्रदेश
१. डा. अमित रञ्जन मिश्र — ३०९९ (विजयी)
२. डा. उदयनारायण सिंह — २०९४
३. डा. मोहम्मद अनामुल हक — ९४३
बागमती प्रदेश
१. डा. सुवास भट्टराई — २३५९ (विजयी)
२. डा. अरुण शाही — २२५०
३. डा. अकानन्द सिंह — १२२१
४. डा. रुबास नाथ योगी — ६८६
गण्डकी प्रदेश
१. डा. यज्ञराज सिग्देल — ३१०२ (विजयी)
२. डा. नवराज लाम्दारी — २८००
लुम्बिनी प्रदेश
१. डा. नन्दा कुमारी गुरुङ — २९१० (विजयी)
२. डा. सन्तोष पोखरेल — २२४२
३. डा. लक्ष्मण शर्मा — ११२३
कर्णाली प्रदेश
१. डा. रविन खड्का — २४९० (विजयी)
२. डा. सरोज गिरी — २३२२
३. डा. अनुप मंगल समाल — १२५७
सुदूरपश्चिम प्रदेश
१. डा. प्रमोद जोशी —३४८० (विजयी)
२. डा. निरज अर्याल — २६१२
कोषाध्यक्ष – १ सिट
१. डा. संयुक्ता आचार्य — २३८६ (विजयी)
२. डा. चाँदनी जैसवाल — २०९९
३. डा. विनोद कुमार महसेठ — ९९४
सहसचिव – १ सिट
१. डा. हुलास अग्रवाल — ३५१० (विजयी)
२. डा. राम जीवन प्रसाद — १५४०
३. डा. सन्तोष अधिकारी — १४१६
सहकोषाध्यक्ष – १ सिट
१. डा. तेज्सु सिंह मल्ल — ३२७९ (विजयी)
२. डा. सुवास गुरुङ — २२९४
३. डा. राजकुमार दंगल — ८५०
विजयी सदस्यहरू
१. डा. अमित झा – २७८७
२. डा.राकेश साह – २७८०
३. डा. पल्पसा श्रेष्ठ – २७७८
४ डा. बिना श्रेष्ठ – २५५१
५ डा. सुमित काफ्ले – २४९७
६. डा.शेषराज घिमिरे– २४३८