नेपाल भित्रियो ‘भेन्चुरिनी’ ब्रान्ड, एक वर्षभित्र १० सहरमा

45

काठमाडौं –अन्तर्राष्ट्रिय बजारमा ख्याती प्राप्त इटालियन ब्रान्ड भेन्चुरिनी नेपाल भित्रिएको छ । नव समृद्धि इन्टरप्राइजेजले इटालियन डिजाइन र बंगलादेशको उत्पादन भेन्चुरिनी नेपाल भित्र्याएको हो । काठमाडौंको दरबारमार्गमा औपचारिक कार्यक्रमको आयोजना गरी भेन्चुरिनीको शो–रुम उद्घाटन गरिएको छ ।

कलाकारहरू ऋचा शर्मा, नीति शाह, प्रशान्त ताम्राकार र एलिजा गौतमले भेन्चुरिनीको शो–रुम उद्घाटन गरेका हुन् । एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनीलाई नेपालमा पहिलोपटक ल्याइएको हो । उद्घाटन कार्यक्रममा अभिनेत्री ऋचा शर्माले अन्तर्राष्ट्रिय ब्रान्डहरू नेपालमा आउदा ती उत्पादनसँग परिचित हुने मौका मिल्ने बताइन् ।

दरबारमार्गस्थित वान दरबार मलमा राखिएको शो–रुममा जुत्ता, पर्स, बेल्ट, सेन्डल र ब्याग (झोला) उपलब्ध रहेको भेन्चुरिनीलाई नेपाल भित्र्याउने कम्पनी नवसमृद्धि इन्टरप्राइजेजका अध्यक्ष राजु थापाले बताए । ‘फुटवेयर र लेदरका उत्पादनहरू, पार्टी वेयर, फर्मलदेखि क्याजुअल सम्मका सामग्रीहरू चाँडै उपलब्ध हुनेछन्, सबै उमेर समूहलाई लक्षित गरेर भेन्चुरिनीका उत्पादन उपलब्ध गराउने छौँ,’ थापाले भने ।

नवसमृद्धि इन्टरप्राइजेजका निर्देशन सुरज केसीका अनुसार भेन्चुरिनी ब्रान्डलाई देशका १० सहरमा पु¥याइने छ । एक महिना भित्र पोखरामा भेन्चुरिनी विस्तार गरिने छ,’ केसीले भने, ‘चितवन, विराटनगर, धरान, बिर्तामोड, वीरगञ्ज, नेपालगञ्ज, धनगढी, हेटौँडा र बुटवलमा एक वर्ष भित्र विस्तार गरिने छ ।’ इटालियन प्रिमियम ब्रान्ड तथा बंगलादेशको उत्पादन भेन्चुरिनी ब्रान्डको प्रयोगबाट नेपाली उपभोक्ताले लाभ लिन सक्ने नवसमृद्धिका निर्देशक सुदिपचन्द्र बख्रेलले बताए ।

‘भेन्चुरिनीका उत्पादनमा गुणस्तरलाई विशेष ध्यान दिइएको छ, नेपाली उपभोक्तामाथि भेन्चुरिनी चाँडै लोकप्रिय हुने विश्वास हामीले लिएका छौँ,’ बख्रेलले भने । कोरोना प्रकोपका कारण व्यापारको शैली बदलिएकाले अब अनलाइन मार्फत् पनि भेन्चुरिनी ब्रान्ड उत्पादनहरू बिक्री वितरण गरिने उनले बताए ।

कलाकारहरूले के भने?
भेन्चुरिनीको शो–रुम उद्घाटन गर्दै कलाकार ऋचा शर्माले नेपालमा अन्तर्राष्ट्रिय ब्रान्डको विस्तार समयानुकूल रहेको धारणा राखिन् । विश्वव्यापीकरणको प्रभाव स्वरुप अन्तर्राष्ट्रिय बजारमा उपलब्ध सामग्री नेपाली बजारमा परिचित गराउँदा उत्पादन र उपभोक्तालाई लाभ हुने शर्माको धारणा छ । ‘म ब्रान्डप्रति त्यति कन्सियस छैन, जुन राम्रो र सजिलो लाग्छ, त्यही प्रयोग गर्छु,’ शर्माले भनिन्, ‘हामीले गुणस्तरमा ध्यान दिनुपर्छ, भेन्चुरिनी ब्रान्डले गुणस्तरलाई ध्यान दिएकाले नेपाली उपभोक्ताले लाभ लिन सक्ने मैले पाएकी छु ।’

मोडल तथा अभिनेत्री नीति शाहले अन्तर्राष्ट्रिय बजारका उत्कृष्ट उत्पादनहरूलाई नेपालमा आउँदा उपभोक्ता लाभान्वित हुने धारणा राखिन् । त्यसैगरी, अभिनेत्री एलिजा गौतम र कलाकार प्रशान्त मालाकारले भेन्चुरिनी अन्तर्राष्ट्रिय बजारमा लोकप्रिय ब्रान्ड रहेकाले नेपाली उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरेका छन् ।

कार्यक्रमको संयोजन नेक्स्ट मोडल नेपालले गरेको हो । नेक्स्ट मोडल नेपालका अध्यक्ष रवि धमलाले एशियाको दोस्रो ठूलो उत्पादन कम्पनी भेन्चुरिनी ब्रान्ड नेपाली उपभोक्ताको मन जित्ने विश्वास व्यक्त गरे । ‘फेन्चाइज रुपमा नेपाल भित्रिएको भेन्चुरिनीब्रान्डले गुणस्तरलाई उच्च प्राथमिकतामा राखेकाले उपभोक्ताले अधिकलाभ लिन सक्नेमा विश्वस्त हुन सकिन्छ,’ धमलाले भने ।

समाचार वर्गहरू