नेपालमा कोरोना संक्रमितको संख्या ९० हजार नाघ्यो

28

काठमाडौं – नेपालमा भाइरस कोरोना संक्रमित (कोभिड–१९) को संख्या ९० हजार नाघेको छ ।

मंगलबार थप १ हजार ५ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मंगलबार मन्त्रालयमा आयोजित नियमित कोरोना मिडिया ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले हालसम्म ९० हजार ८ सय १४ संक्रमितको संख्या पुगेको जानकारी दिए ।

मंगलबार काठमाडौं उपत्यकामा २४ घण्टामा थप १ हजार १७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार काठमाडौंमा ७ सय ८३, ललितपुरमा १ सय १८ र भक्तपुरमा १ सय १६ जना संक्रमित देखिएका हुन् ।

नेपालमा सक्रिय संक्रमितको संख्या हालसम्म २२ हजार ७०९ जना रहेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ४७ जनाको पीसीआर परीक्षण भएका छन् । हालसम्म १० लाख ९९ हजार २७६ पीसीआर परीक्षण भएको गरिएको छ ।

पछिल्लो २४ घण्टामा थप २ हजार ३४० जना कोरोना संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन् । यो सँगै हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ६७ हजार ५४२ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म क्वारेन्टाइनमा रहनेको संख्या ४ हजार २२१ जना रहेका छन् ।

समाचार वर्गहरू