नेपालमा कोरोना संक्रमितको संख्या ४१ पुग्यो

70

(काठमाडौं) – नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमितको संख्या ४१ पुगेको छ । मंगलबार उदयपुरमा थप १० जनामा संक्रमण पुष्टि भएपछि नेपालमा संक्रमितको संख्या ४१ पुगेको छ ।

मंगलबार उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केमा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रका बासिन्दामा कोरोना काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमित मध्ये चार जना उपचार पछि निकाे भएका छन् ।

समाचार वर्गहरू