नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार सय नाघ्यो

23

काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ४ सय नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा मृत्यु हुनेको कुल संख्या ४ सय १ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार शनिबार ७ महिला र ४ पुरुषको मृत्यु भएको हो ।

संक्रमणबाट ललितपुरमा ३ र काठमाडौंमा २ जनाको मृत्यु भएको छ । मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले ललितपुरमा ७६ र ६८ वर्षीया २ महिला र ६० वर्षीय एक पुरुष तथा काठमाडौंमा ७७ वर्षीया महिला र ७५ वर्षीय पुरुषको मृत्यु भएको जानकारी दिए ।

यस्तै, मोरङमा ६५ वर्षीया, रौतहटमा ५१ वर्षीया, सर्लाहीमा ५६ वर्षीया र मकवानपुरमा ३७ वर्षीया महिलाको मृत्यु भएको छ । रुपन्देहीमा ६९ वर्षीय र बाँकेमा ४५ वर्षीय पुरुषको पनि संक्रमणका कारण मृत्यु भएको छ ।

समाचार वर्गहरू