नेपालमा लगानी गर्न जापानी लगानीकर्तालाई मन्त्री पुनको आग्रह

16

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले जापानी लगानीकर्तालाई नेपालमा लगानी गर्न समेत आग्रह गरेका छन् । चार दिने जापान भ्रमणमा रहेका मन्त्री पुनले २५ भन्दा बढी कम्पनीका प्रतिनिधि र १ सय सहभागी भएको अन्र्तक्रिया कार्यक्रममा नेपालको जलविद्युत क्षेत्रमा लगानीको लागि सरकारले उपयुक्त वातावरण बनाएको भन्दै नेपालमा लगानी गर्न आग्रह गरेका हुन् ।

कार्यक्रममा मन्त्री पुनले जापानी लगानीकर्तालाई नेपाली लगानीकर्ता सरह सुविधा दिने घोषणा समेत गरेका छन् ।

उनले भने, ‘तपाईहरुले नेपालमा लगानी गर्नुभयो भने हामिले नेपाली लगानीकर्तासरह नै सुविधा दिन्छौं । उत्पादित बिजुली पनि हामीले नै खरिद गर्छौ, बजारको पनि चिन्ता नगर्नुहोस् ।’

मन्त्री पुनले उत्पादकले चाहेमा छिमेकी देशमा बेच्ने वातावरण समेत बनाइदिने प्रतिबद्धता जनाएका थिए । अन्तरक्रियामा जापानमा जलविद्युतको क्षेत्रमा काम गरिरहेका तोसिबा, कान्साई, टोकियो ईलेक्ट्रोनिक्स, न्युजेक ईलेक्ट्रोनिक्स लगायत कम्पनी सहभागी थिए । कार्यक्रमको संयोजन समेत जाइकाले गरेको थियो ।

समाचार वर्गहरू