नेपाली सेनाले माग्यो पाइलट उपसेनानीसहित १९४ प्राविधिक कर्मचारी

11

काठमाडौं – नेपाली सेनाले लोकसेवा आयोगको सहमतिमा ठूलो संख्यामा कर्मचारी भर्नाका लागि दरखास्त आह्वान गरेको छ।

सेनाले लेखा उपसेनानी, प्राड उपसेनानी, पाइलट उपसेनानीसहित विभिन्न पदमा १९४ कर्मचारी माग गरेको हो।

लेखा उपसेनानी, डाक्टर उपसेनानी, पाइलट उपसेनानीसहित २९ अधिकृत पदका लागि दरखास्त आह्वान गरिएको सुचना सोमबारको गोरखापत्र दैनिकमा प्रकशित गरिएको छ ।

उपसेनानी एमबीबीएस डाक्टरतर्फ ५० जना र लेखा उपसेनानीका लागि ४० जना माग गरिएको छ । यस्तै सैनिक उपचारिका उपसेनानीमा १८ जना र कम्प्युटर प्राविधिक उपसेनानीमा १६ सहित २९ पदमा १ सय ९४ जनाको लागि आवेदन खुलेको हो ।

सबै पदमा आउँदो वैशाख १३ गतेसम्ममा अनलाइनबाट फारम भर्न सकिने नेपाली सेनाले जनाएको छ ।

 

समाचार वर्गहरू