नेवार समुदायले म्ह: पूजा भोलि मनाउने

10

(काठमाडौं) – नेवार समुदायले मनाउने म्ह: पूजा कहिले भन्ने विषयमा दुई मत देखिएको छ । विशेषगरी पहाडी जिल्लाका नेवार समुदायले आजै म्ह: अर्थात आत्मपूजा मनाउँदै छन् भने, केहीले भोलि मात्र मनाउने भएका छन् ।

आज म्ह: पूजा मनाउनेले भोलि भाइटीका लगाउने तयारी गरेका छन् । नेपाल भाषा मंका: खलले भने भोलि म्ह: पूजा र पर्सि बुधबार मात्र किजा पूजा गर्ने निर्णय गरेको छ । तर, यस वर्ष नेपाल पञ्चांग निर्णायक समितिले भने भाइटीकाको दिन भोलि म्ह: पूजा गर्नुपर्ने निर्णय गरेको छ ।

हिन्दू तथा बौद्ध दुवै समुदायका नेवार समुदायले म्ह: पूजा भाइटीकाको अघिल्लो दिन मनाउने गर्दथे । तर, यस वर्ष तिथि घटबढका कारण भाइटीका र म्ह: पूजा एकै दिन परेको छ ।

सोही कारण काठमाडौं उपत्यकाका नेवार समुदाय र पहाडी जिल्लाका नेवार समुदायमा म्ह: पूजामा अलमल भएको धर्मशास्त्रका जानकार तेज मजर्हनले बताए । नेपाल भाषा मंका: खलको निर्णय अनुसार उपत्यकाका नेवार समुदायले भोलि मात्र म्ह: पूजा मनाउने भएको छ ।

समाचार वर्गहरू