पत्रकार महासंघका अध्यक्ष पोख्रेल चढेको कार दुर्घटना

12
फोटो- सामाजिक सञ्जाल

काठमाडौं – नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्ष विपुल पोख्रेल चढेको कार दाङको तुलसिपुरमा दुर्घटना भएको छ ।

अध्यक्ष पोखरेल सँगै पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष दुर्गालाल केसी, उपाध्यक्ष सन्तोष सुवेदी र दाङ शाखाका पूर्वअध्यक्ष सुदीप गौतम सवार गाडी आज तुलसीपुरमा दुर्घटनामा परेको हो।

अध्यक्ष पोखरेलसहित सबैजना सकुशल छन्। सामान्य घाइते गौतम पनि प्राथमिक उपचारपछि घर फर्किएको पत्रकार महासंघका महासचिव रोशन पुरीले बताएका छन।

अध्यक्ष पोख्रेलको प्रदेश ३—०१, ०२२ च ९२२६ नम्बरको निजी कारलाई तुलसीपुरको उद्योग वाणिज्य संघ नजिकै रा १ च ९५५ को स्कारपियोले ठक्कर दिएको हो।

गत चैत २५ गते नेपाल पत्रकार महासंघको निर्वाचनमा अध्यक्ष पदमा निर्वाचित भएपछि अध्यक्ष पोख्रेल पहिलोपटक गृहजिल्ला दाङ पुगेका हुन् ।

समाचार वर्गहरू