पल शाह प्रकरण : पीडित नाबालिगको पक्षबाट अधिवक्ता राधिका खतिवडाले वकालत गर्ने

8

काठमाडौं – अभिनेता पल शाहविरुद्ध करणीको जाहेरी दर्ता गरेको नाबालिगको पक्षमा अधिवक्ता राधिका खतिवडाले पक्षमा वकालत गर्ने भएकी छन् ।

अधिवक्ता खतिवडाले आफ्नो सामाजिक सञ्जालमा पीडित बालिकाको पक्षमा कानुनी लडाईँमा सहयोग गर्ने जानकारी दिएकी हुन् ।

अधिवक्ता राधिका खतिवडाले १७ वर्षीया बालिकाको विषयमा बोल्नुअघि विचार गर्न आग्रह गर्दै पीडित बालिका र अभिनेता पलबीचको विषयलाई लिएर कानुनी रुपमा व्याख्या समेत गरेकी छन् ।

उनले पीडित बालिकाका विषयमा सामाजिक सञ्जालमा अपव्याख्या गरेर विषयान्तर गर्न खोजिएकाले त्यस्ता गतिविधिहरु गरेर स्वतन्त्र अनुसन्धानमा बाधा नगर्न समेत सबैलाई आग्रह गरेकी छन् ।

अधिवक्ता खतिवडा केही समय अगाडि बाराका उमाशंकर रायभरलाई न्याय दिलाएपछि चर्चामा आएकी थिइन् । रायभरको नागरिकताका दुरुपयोग हुँदा उनीमाथि २८ करोड राजस्व नतिरेको आरोप लागेको थियो । उनले रायभरको पक्षमा वकालत गरेर निर्दोष रायभरलाई न्याय दिलाउन सफल भएकी थिइन् ।

उनले सामाजिक सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन् ।

समाचार वर्गहरू