(काठमाडौं) – देशको अधिकांश भूभागमा मौसम सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको पहाडी भू-भागका केही स्थान र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायुका साथै नेपालको पूर्वी भू-भाग नजिक बनेको न्यून चापीय क्षेत्रको प्रभाव हुनाका साथै बङ्गालको खाडी र अरब सागरबाट समेत जलवाष्पयुक्त वायु लगातार नेपाल प्रवेश गरेको महाशाखाले जनाएको छ ।
नेपालमा यी प्रणाली सक्रिय भएकाले देशभर बदलीसँगै मेघगर्जन, चट्याङ, हावाहुरी र असिना सहित वर्षा भइरहेको हो । अङ्ग्रेजी महिना मार्च, अप्रिल र मेसम्म तीन महिना प्रिमनसुन चल्ने भएकाले देशका पहाडी भूभागको मौसम अपराह्न तथा साँझापख लगातर प्रभावित भइरहने हुन्छ ।
प्रिमसुनको प्रवृत्ति दिनमा घाम लाग्ने र अपराह्न तथा साँझापख मेघगर्जन सहित श्रणिक वर्षा हुने गर्छ । अहिले प्रिमनसुनका साथै अन्य प्रणालीको प्रभाव रहेकाले देशका अधिकांश स्थानमा बिहानैदेखि बदली सहित वर्षा भएको हो ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
बैशाख २९ गते (सोमबार)
दिउँसो : देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशको पहाडी भू-भागका केही स्थानहरु र तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरी सहित वर्षा को सम्भावना रहेको छ।
राति : देशको अधिकांश भू-भागमा सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख ३० गते (मंगलबार)
दिउँसो : देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन चट्याङ् असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राति : देशको पूर्वी तथा मध्य पहाडी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ। पूर्वी भू-भागका केही स्थानहरु, मध्य भू-भागका थोरै स्थानहरु र पश्चिमी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ् असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
बैशाख ३१ गते (बुधबार)
दिउँसो : देशको अधिकांश भू-भागमा सामान्य बदली रहनेछ । देशका केही स्थानहरुमा मेघगर्जन चट्याङ्, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ ।
राति : देशको पूर्वी तथा मध्य भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहनेछ । पूर्वी र मध्य भू-भागका केही स्थानहरु तथा पश्चिमी भू-भागका एक वा दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्, असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।