पाँचपोखरी कप फुटबल प्रतियोगिता कात्तिक २५ गतेदेखि

20

काठमाडौं – यही कात्तिक २५ गतेदेखि सिन्धुपाल्चोकमा प्रथम पाँचपोखरी कप फुटबल प्रतियोगिता आयोजना हुने भएको छ ।

पाँचपोखरी थाङपाल गाउँपालिका र भोताङ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगिता कात्तिक २५ गतेदेखि मंसिर १ गतेसम्म संचालन हुने छ ।

”राष्ट्रका लागि खेल, स्वास्थ्यका लागि खेल, पर्यटनका लागि खेल र पाँच पोखरीका लागि खेलकुद’ भन्ने नाराका साथ आयोजना हुन लागेको आयोजकले जनाएको छ ।

प्रतियोगिता गाउँपालिकाको ३ नम्बर वडामा पर्ने भोताङको यार्सा खेल मैदानमा हुनेछ । प्रतियोगिताको विजेताले ५० हजारको प्राप्त गर्दा दोस्रो हुनेले २५ हजार पाउने छन् ।

खेलमा म्यान अफ दि म्याच, म्यान अफ दि टुर्नामेन्ट, बेष्ट किपर र टप स्क्रोररलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

समाचार वर्गहरू