पार्टीभित्र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउने कुरा सह्य हुँदैन – महामन्त्री शाही

9

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की महामन्त्री कुन्ती शाहीले भित्र विचार र अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कार्य सह्य नहुने बताएकी छिन्।

राप्रपाद्वारा केन्द्रीय कार्यालयमा आयोजित कर्णाली प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै राप्रपा महामन्त्री शाहीले सो विचार राखेकी हुन् ।

‘राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक पार्टी हो । त्यसैले पार्टीभित्र आन्तरिक प्रजातन्त्र र अभ्यास व्यवहारमा लागू हुनुपर्दछ । पार्टीभित्र बोल्नु पाउनुपर्दछ, विचार र अभिव्यक्ति स्वतन्त्रतामा प्रतिबन्ध लगाउने कुरा सह्य हुँदैन,’ शाहीले भनिन् ।

बोल्नै नहुने, बोल्यो कि कारबाही गर्नेजस्ता अप्रजातान्त्रिक रवैया आजको युगमा स्वीकार्य नहुने उनको भनाइ थियो । ‘एकथरीले यहाँ भाष्य निर्माण गर्न खोजेजस्तो अध्यक्षलाई कमजोर बनाउने नभएर पार्टीलाई बलियो बनाउन बहस गर्नुपर्दछ । पार्टीमा सकारात्मक बहसको खाँचो छ,’ उनले भनिन्।

विधानको अक्षरशः पालना र आन्तरिक प्रजातन्त्रको जगमा पार्टीलाई बलियो बनाउनुपर्ने भन्दै उनले भनिन्, ‘पार्टीप्रति आकर्षण छ, तर लहरलाई आकर्षित गर्न सकिएको छैन । पार्टीले किन विश्वास जित्न सकेको छैन ? त्यसैले पार्टीमा सकारात्मक बहस र खुला छाती, प्रजातान्त्रिक आचरण र सही रणनीति आवश्यक भएको छ,’ महामन्त्री शाहीले भनिन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू