अनु खनाल/ पाल्पा – पाल्पाको रिब्दिकोट गाउँपालिकाको ८वटै वडामा सञ्चालित कृषि तथा पशु उद्यमशिलता विकास परियोजना ब्यवस्थापन तथा अनुगमन समितिको बैठक सम्पन्न भएको छ । उक्त परियोजना हेफर प्रोजेक्ट र ग्रामीण आर्थिक विकास संघ रेडाको अग्रसरतामा संचालित भएको हो ।
उक्त बैठकमा गाउँपालिकाका अध्यक्ष नारायण बहादुर जिसिले यस्ता परियोजनाहरुलाई हामी सबै मिलेर प्रभावकारी बनाउनुपर्छ भन्दै धन्यवाद दिएका थिए ।
रेडाका कार्यकारी प्रमुख लिला कार्किले किसान्हरुलाई हाम्रो संस्थाबाट के कस्ता सहयोग गर्न सकिन्छ आउँदा दिनहरुमा पनि १० वटै स्थानीय तहमा सहयोग गर्ने बताए ।
हेफर परियोजनाका अधिकृत बिष्णु पान्डेले कार्यक्रमको सहजीकरण गर्दै कृषकहरुलाई यति बेला बर्खाको समयमा बिउ बिजन तथा बाख्रा भैंसी बोका आफ्नो संस्थाले सहयोग गर्ने जानकारी दिए।