पूर्व-पश्चिम लोकमार्गलाई ‘महेन्द्र राजमार्ग’ बनाउने तयारी

78

काठमाडौं । सरकारले पूर्व–पश्चिम लोकमार्गको नाम पुरानै महेन्द्र राजमार्ग कायम गर्ने प्रस्ताव गरेको छ ।

मंगलबार सार्वजनिक शासकीय सुधारका लागि १८ बुँदे राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा सरकारले यस्तो प्रस्ताव सार्वजनिक गरेको हो ।

प्रतिबद्धतापत्रको पूर्वाधार विकास शीर्षक अन्तर्गत ‘महेन्द्र राजमार्गलाई तीन वर्षभित्र अन्तर्राष्ट्रिय हाईवेको मापदण्डमा स्तरोन्नती गरिनेछ’ भनिएको छ ।

मुलुकमा गणतन्त्रको स्थापना भएपछि यो लोकमार्गको नाम फेरेर पूर्व–पश्चिम लोकमार्ग बनाइएको थियो ।

समाचार वर्गहरू