पूर्वराष्ट्रपतिले फलानो पदमा आउँछु भनेको मैले सुनेको छैन – केपी ओली

104
फाइल फोटो

काठमाडौं – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीबारे अनावश्यक अनुमान गर्न नहुने बताएका छन् । पार्टी सचिवालयको बैठकमा ओलीले पूर्वराष्ट्रपति भण्डारीबारे अनावश्यक अनुमान गर्न नहुने बताएका थिए ।

‘पूर्वराष्ट्रपतिले राजनीतिमा सक्रिय हुन्छु भन्नु भएको छ, तर फलानो पदमा आउँछु भनेको मैले सुनेको छैन’, ओलीले भनेका थिए, ‘सक्रिय राजनीतिमा आउनलाई त कुनै विधान र कानुनले छेक्दैन । आउन सक्नु हुन्छ ।’

‘पार्टीले आवश्यकता महशुस गरेमा, निर्णय लिएमा भन्नुभएको सुन्छु’ ओलीले भने, ‘फलानो पदमा आउछु भन्नलाई त्यसको विधि छ । हाम्रोमा महाधिवेशनले पदको टुंगो लाउँछ, महाधिवेशनको प्रक्रियाबाट आउनुपर्छ ।’

यदि पार्टीको नेतृत्वमा आउने हो भने प्रतिनिधिबाट चुनिएर आउनुपर्ने पनि ओलीले बताए । ‘प्रतिनिधिहरुले नेता चुन्ने हुन्, पदाधिकारी चुन्ने हो । त्यसैले अहिले नै विभाजित हुन आवश्यक छैन’, ओलीको भनाइ उदृत गर्दै स्रोतले भन्यो ।

समाचार वर्गहरू