पूर्वसभामुखहरूसँग छलफल गर्दै सभामुख सापकोटा

11

काठमाडाैं – सभामुख अग्निप्रसाद सापकोटाले पूर्वसभामुखहरूसँग छलफल गर्ने भएका छन्। तीन महिनाको अवधिमा दोस्रो पटक भएको प्रतिनिधि सभा विघटनका विषयमा दिउँस १ बजे सिंहदबारमा छलफल हुने कार्यक्रम रहेको सभामुखको सचिवालयले जनाएको छ।

केही कानुन व्यवसायीले सभामुख सापकोटाले प्रतिनिधि सभा राखेर संसद चलाउनुपर्ने तर्क गर्दै आएको अवस्था र आफै सर्वोच्च जाने कि नजाने भन्ने विषयमा सल्लाह लिन सभामुखले पूर्वसभामुखसँग छलफल गर्न लागेका हुन्।

सापकोटाले २०४८ सालपछिका सभामुखह दमननाथ ढुङ्गाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवास नेम्वाङ, ओनसरी घर्ती, कृष्णबहादुर महरालाई छलफलमा बोलाएका हुन्।

पुस ५ गते भएको प्रतिनिधि सभा विघटन फागुन ११ गते पुन:स्थापना भएको थियो भने फेरि जेठ ७ गते प्रधामन्त्री केपी शर्मा ओलीको सिफारिसमा दोस्रो पटक विघटन भएको थियो।

समाचार वर्गहरू