पोखराबाट जोमसोमका लागि उडेको विमान सम्पर्कविहीन

8

काठमाडौं – कास्कीको पोखराबाट आइतबार बिहान ९ बजेर ५५ मिनेटमा जोमसोमका लागि उडेको तारा एयरको विमान सम्पर्कविहीन भएको छ ।

आइतबार १० बजेर २० मिनेटमा जोमसोममा अवतरण हुनुपर्ने अल्फा इको ट्यांगो कल साइन भएको जहाज ११ बजिसक्दा पनि सम्पर्कमा आएको छैन ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त विमानमा क्याप्टेन प्रभाकरप्रसाद घिमिरे, को-पाइलट इतासाप पोखरेल र एयर होस्टेज कास्मी थापा थिए । उक्त जहाजमा १३ नेपाली, चार भारतीयसहित २ अन्य देशका नागरिक थिए ।

 

 

समाचार वर्गहरू