प्रचण्डले बोलाए माओवादी पदाधिकारी बैठक

88

काठमाडौं – नेकपा माओवादी केन्द्रले पार्टीको स्थायी समिति बैठकको तयारीलाई तीव्रता दिएको छ । यसै सिलसिलामा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुधबारका लागि पदाधिकारी बैठक आह्वान गरेका छन् । 

बैठक आज अपराह्न ४ बजे पार्टीको केन्द्रीय कार्यालय, पेरिसडाँडामा बस्ने तय भएको छ । पार्टीका उपमहासचिव हरिबोल गजुरेलका अनुसार, यो बैठक विशेषगरी शुक्रबार बस्ने स्थायी समिति बैठकका लागि एजेण्डा तय गर्न र आवश्यक तयारी गर्न केन्द्रित हुनेछ ।

पदाधिकारी बैठकमा विशेषगरी सरकारको कामकारबाही र सरकारका नीति तथा कार्यक्रम, तथा पार्टीले आगामी दिनमा अख्तियार गर्ने रणनीतिका विषयमा प्रारम्भिक छलफल हुने सम्भावना छ  ।

माओवादीको स्थायी समिति बैठक शुक्रबार बोलाइएको छ । पदाधिकारी तहमा हुने छलफल र निष्कर्षका आधारमा स्थायी समितिका लागि ठोस प्रस्तावहरू तयार गरिने माओवादी केन्द्रले जनाएको छ ।

समाचार वर्गहरू