प्रदेश २ बाट बागमती प्रदेश प्रवेश गर्ने नाका बन्द

26

(हेटौंडा) – कोरोना भाइरसको संक्रमण फैलिंदै गएपछि प्रदेश २ हुँदै बागमती प्रदेश प्रवेश गर्ने पूर्व-पश्चिम राजमार्गको चुरियामाई नाका आजबाट बन्द भएको छ ।

प्रदेशसँग जोडिएका जिल्लामा कोरोना संक्रमण फैलिएपछि मकवानपुरको कमाण्ड पोष्टले चुरियामाई हुँदै हेटौँडा आवतजावत बन्द गर्ने निर्णय गरेको हो ।

छिमेकी जिल्लाहरुमा समेत कोरोनाको संक्रमण फैलिएपछि मकवानपुरका जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालको अग्रसरतामा सरोकारवालाहरुको बसेको विशेष बैठकले जिल्ला कमाण्ड पोष्टमार्फत लकडाउनलाई समेत कडा बनाउने निर्णय भएको गरेको थियो ।

कमाण्ड पोष्टको मंगलबारको बैठकले अन्य जिल्लाबाट मकवानपुर प्रवेश गर्ने नाकाहरुमा समेत कडाइ गर्ने निर्णय गरेको छ । बैठकले खाद्यान्न तथा ग्यास पसल बिहान ९ बजेसम्म, औषधि तथा भेटेरिनरी एवं मलबीउ जस्ता कृषि पसललाई दिनभरि खोल्न दिने निर्णय गरेको छ ।

बैठकले जेठ १ गतेबाट भने माछामासु तथा तरकारी बजार पूर्ण रुपमा बन्द गर्ने, बैैंकलाई भीडभाड नहुने गरी बिहान १० देखि ३ बजेसम्म खुल्ला गर्ने निर्णय गरिएको छ ।

समाचार वर्गहरू