प्रधानन्यायाधीश सिफारिस चुपचाप घण्टी छापको करामत – हर्क साम्पाङ

79

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधि सभाका सांसद हर्क साम्पाङले प्रधानन्यायाधीश नियुक्ति सिफारिसमा आपत्ति जनाएका छन्। उनले वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेको भन्दै सामाजिक सञ्जाल मार्फत आपत्ति जनाएका हुन्।

साम्पाङले सरकारको ठूलो असफलताका कारण यो निर्णय लिइएको बताए। साथै उनले प्रधानन्यायधीशको नियुक्तिमा वरीयताको ख्याल राखियो कि राखिएन भन्दै प्रश्न समेत गरेका छन्।

वरीयताले चौथो भनिने मानिने व्यक्तिलाई प्रधान न्यायाधीश बनाउनु सरकारको अर्को ठूलो असफलताको कारण! अध्यादेशको औचित्य पुष्टि गरेको यही होला! चुपचाप घण्टी छापको करामत!’ सामाजिक सञ्जालमा लेख्दै उनले भनेका छन्, ‘प्रधानन्यायधीशको नियुक्तिमा वरीयताको ख्याल राखियो कि राखिएन? यही गर्नलाई संसद्‍ छलेर अध्यादेश ल्याको हो! नीतिगत भ्रष्टाचारी सरकार!’

समाचार वर्गहरू