प्रधानन्यायाधीशकाे राजीनामा माग्छाैं – बार अध्यक्ष

10

काठमाडौं – नेपाल बार एशोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले राजीना नदिएसम्म न्यायालयको सुधार नहुने बताएका छन् ।

न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएको प्रतिवेदन कार्यान्वयनमा लैजानुपर्ने बताउँदै उनले जबराले राजीनामा दिएर समाधान हुने हो भने आफूहरुले राजीनामालाई एजेण्डा बनाउने जानकारी दिएका हुन् ।

बारका पदाधिकारीहरुले आइतबार प्रधानन्यायाधीश जबरालाई भेटेपछि आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष श्रेष्ठले अहिलेसम्म आफूहरुले राजीनामालाई एजेण्डा नबनाएको तर प्रधानन्यायाधीशले राजीनामा दिँदा समस्या समाधान हुन्छ भने त्यसमा पनि जाने बताए ।

प्रधानन्यायाधीशले मार्ग प्रशस्त गर्नुपर्ने बिषयलाई लिएर बार बेन्चबिच चलेको वार्ता पनि बिना निष्कर्ष टुङ्गिएको छ ।

समाचार वर्गहरू