प्रधानमन्त्री ओलीको नियुक्तिविरुद्धको रिट खारेज

124

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्तिविरुद्ध परेको रिट सर्वोच्च अदालतले खारेज गरेको छ।

बुधबार उक्त रिटमाथि सुनुवाइका लागि बसेको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीशहरू प्रकाशमानसिंह राउत, सपना मल्ल प्रधान, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको संवैधानिक इजलासले रिट खारेज गर्ने फैसला गरेको हो।

संविधानको धारा ७६ (२) बाट बनेको प्रधानमन्त्री विश्वासको मत पाउन असफल भएपछि स्वतः उपधारा ३ मा लैजानुपर्नेमा ओलीलाई सोही उपधाराअनुसार प्रधानमन्त्री नियुक्त गर्नु गैरसंवैधानिक रहेको दाबीसहित साउन १४ गते तीन वटा रिट परेका थिए।

यसअघि न्यायाधीश बालकृष्ण ढकालको इजलासले प्रारम्भिक सुनुवाइपछि प्रधानमन्त्रीको नियुक्तिबारेको विवादको निरूपणका लागि संवैधानिक इजलासमा पठाउने आदेश गरेका थिए।

निवेदकले उपधारा २ बमोजिम नियुक्त भएको प्रधानमन्त्रीले विश्वासको मत प्राप्त गर्न नसकेपछि स्वतः उपधारा ३ आकर्षित हुने र यसअनुसार सबैभन्दा ठूलो दलको संसदीय दलका नेता प्रधानमन्त्री बन्नुपर्ने दाबी गरेका थिए। यसअनुसार जाँदा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने थिए।

समाचार वर्गहरू