काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले जिम्मेवारी दिईएका मन्त्रीहरुद्वारा कार्यसम्पादन सन्तोषजनक नभएकोभन्दै ३ जना मन्त्रीलाई पदबाट हटाउन आन्तरिक गृहकार्य सुरु गरेको बताइएको छ। प्रधानमन्त्री तथा मन्त्रपरिषद्को कार्यालयले गरेको कार्यसम्पादन मूल्यांकनका आधारमा प्रधानमन्त्री साहले मन्त्री फेरबदल गर्न लागेको जनाइएको छ ।
‘तीन जना मन्त्रीको कार्यसम्पादन प्रधानमन्त्री साहलाई चित्त नबुझेपछि हटाउने तयारी गरेको बताइएको छ । जेठ १५ गते जारी बजेट सदनबाट पारित भएपछि तीन जना मन्त्रीलाई हटाई नयाँलाई नियुक्त गर्ने तयारी गरिएको बताईएको छ ।
बालेन साह क्याबिनेटमा रहेका १४ जना मन्त्रीमध्ये स्वास्थ्यमन्त्री निशा मेहता, कृषिमन्त्री गीता चौधरी र उद्योगमन्त्री गौरीकुमारी यादवलाई हटाउने बारे आन्तरिक गृहकार्य भएको समेत बताइएको छ ।
मेहता र चौधरी चैत १३ गते मन्त्री बनेका थिए भने गौरी चैत २७ गते मन्त्रीमा नियुक्त गरिएको थियो । ‘सय बुँदे कार्यसूचीलाई आधार बनाएर कार्यसम्पादन मूल्यांकन भइरहेको छ। त्यसमा तीन जना मन्त्रीको कार्यसम्पादन सन्तोषजनक नभएको बताइएको छ ।