एजेन्सी – अमेरिकी कम्पनी माइक्रोसफ्टले आफ्नो विन्डोज सेभेन अपरेटिङ सिस्टमलाई विधिवत रुपमा अन्त्य गर्ने तयारी गरेको छ । यसका लागि कम्पनीले विन्डोज सेभेनका लागि उपलब्ध गराउँदै आएको सम्पूर्ण सपोर्ट बन्द गर्दैछ । यसलाई माइक्रोसफ्टको जीवनको अन्त्य अर्थात् ‘इण्ड अफ लाइफ’ भनिएको छ ।
प्रविधिको भाषामा इण्ड अफ लाइफ अर्थात् ईओएल भनेको भाइरस अर्थात् बग फिक्स गर्ने सेवा, सेक्युरिटी अपडेट तथा नयाँ फिचरहरु उपलब्ध हुन छाड्नु हो ।
सन् २०१५ देखि नै माइक्रोसफ्टले विन्डोज सेभेनमा मेनस्ट्रिम सपोर्ट बन्द गरेको थियो । आगामी जनवरी १४ देखि विन्डोज सभेनमा बाँकी रहेका सेवाहरु पनि माइक्रोसफ्टले बन्द गर्दैछ । यसको अर्थ कम्प्युटरमा विन्डोज सेभेन चल्दै नचल्ने भन्ने होइन । तर, यस्ता कम्प्युटर मालवेयरको उच्च जोखिममा रहन्छन् ।
विन्डोज सेभेन नै प्रयोग गर्न चाहने प्रयोगकर्ताले महँगो शुल्क तिरेर विन्डोजको सेक्युरिटी सपोर्ट प्राप्त गर्न सक्ने समाचारहरु पनि सार्वजनिक भएका छन् ।