काठमाडाैं – बागमती प्रदेश सभाको सभामुखका लागि नेपाली कांग्रेसबाट धादिङका शिवराज अधिकारी उम्मेदबार बन्ने भएका छन् ।
काँग्रेसले धादिङ क्षेत्र नं. २ प्रदेश (१) बाट समानुपातिकतर्फबाट निर्वाचित सांसद अधिकारीलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको हाे ।
सत्ता गठबन्धनबीच मुख्य पदहरु भागबण्डा गर्दा बागमती प्रदेशको सभामुख राप्रपाले लिने सहमतिअनुसार बुधबार राप्रपाले भुवन पाठकलाई सभामुखको उम्मेदवार बनाउने निर्णय यस अघिनै गरिसकेको छ ।
सभामुखको निर्वाचनका लागि बहिबार आज मनोनयन दर्ताको गरिँदै छ । बिहान १०ः३० देखि दिउँसो २ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ । यसैगरी आजै दिउँसो २ः३० देखि ३ः३० बजेसम्म मनोनय फिर्ताको लागि समय तोकिएको छ ।