बानेश्वरको वाणिज्य बैंकबाट लुटपाट गर्ने दुई जना नगद र सुन सहित पक्राउ

99

काठमाडौं – गत २४ भदौको जेन-जी आन्दोलनमा बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न दुईजना पक्राउ परेका छन्।

दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादवलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको काठमाडौंका एसएसपी रमेश थापाले बताए।

श्रेष्ठलाई जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले मंगलबार पक्राउ गरेर नगद र गर-गहना सहित बुझाएको हो।

उनीहरूमध्ये यादवसँग करिब चार लाख नगद र केही सुन पनि बरामद भएको प्रहरीले जनाएको छ। आन्दोलनको मौका छोपेर एक समूहले बैंकभित्र छिरेर करोडौँको नगद तथा सुन लुटपाट गरेको थियो।

समाचार वर्गहरू