बीमा प्राधिकरणको अध्यक्षका लागि आवेदन आह्वान

21

काठमाडौं – नेपाल बीमा प्राधिकरणको सञ्चालक समिति अध्यक्ष पदका लागि आवेदन खुल्ला गरिएको छ ।

अध्यक्ष पदमा नियुक्तिका लागि गठित सिफारिस समितिले शुक्रबार एक सुचना जारी गर्दै आवेदन माग गरेको हो ।

समितिले आज सार्वजनिक गरेको सूचनामा लेखिएअनुसार योग्यता पुगेका इच्छुक उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने छन् ।

तत्कालीन अध्यक्ष सूर्य प्रसाद सिलवालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै प्राधिकरणमा अध्यक्ष पद रिक्त छ ।

हाल अर्थ मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सञ्चालकले अध्यक्ष रूपमा काम गरिरहेका छन् ।

हेर्नुहोस् सूचना-

समाचार वर्गहरू