काठमाडौं – काठमाडौं विश्वको तेस्रो प्रदूषित सहरका रूपमा सूचीकृत रहेको छ। एयर क्वालिटी इन्डेक्सका अनुसार आज काठमाडौं उपत्यकाको वायु प्रदूषण १६३ एक्यूआइ मापन गरिएको छ।
पहिलो स्थानमा १६७ एक्यूआईसहित चीनको बेइजिङ शीर्ष स्थानमा रहेको छ भने भारतको दिल्ली १६५ एक्यूआईसहित दोस्रो स्थानमा रहेको छ।
यसलाई स्वास्थ्यको हिसाबले अस्वस्थ मानिन्छ। प्रदूषण मापनमा शुन्यदेखि ५० सम्मको एक्युआइलाई राम्रो मानिन्छ भने ५१ देखि १०० सम्मको एक्युआइलाई सतर्क रहनुपर्ने रूपमा लिइन्छ ।
१०१ देखि १५० सम्मलाई हुनुलाई श्वासप्रश्वास र मुटु रोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ भने १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ करका रूपमा लिइन्छ।