भारतमा पाकिस्तानले ड्रोन हमला गरेपछी रोकियो आइपिएल

46

काठमाडौं – पाकिस्तानले भारतको जम्मु कश्मिर क्षेत्रमा हवाई हमाला गरेको छ । बुधबार बिहान पाकिस्तानमा भएको आक्रमणको जवाफमा पाकिस्तानले भारतमा ड्रोन हमला गरेको हो ।

जम्मु कश्सिरका विभिन्न स्थानमा पाकिस्तानले सयौं ड्रोनबाट हमला गरेको छ । बिष्फोटको आवाज सुनिएको र सिंगो सहर बिद्युत्विहिन बनेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। कतिपय आक्रमण निस्तेज गरिएको भारतीय सुरक्षा अधिकारीले बताएका छन्।

उता पाकिस्तानको हमलाका असर इन्डियन प्रिमियर लिग(आइपिएल)मा समेत देखिएको छ । हिमाञ्चलको धर्मशाला रंगशालामा भइरहेको पञ्जाब र दिल्लीबिचको खेल बिचमै रद्द गरिएको छ । बिद्युत् अवरोधका कारण अचानक फ्लडलाइट बन्द भएपछि सुरक्षाको कारण देखाउँदै खेल नै रद्द गरेर हतार-हतार दर्शकलाई रंगशालाबाट बाहिर जान भनिएको छ ।

समाचार वर्गहरू