मधेश सरकारमा जाने नजाने विषयमा छलफल गर्न लाेसपाले बाेलायाे बैठक

4

काठमाडौं – मधेश प्रदेश सरकारमा जाने नजाने विषयमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पदाधिकारी बैठक बोलाएको छ।

आइतबारका लागि बाेलाइएकाे बैठक पार्टी केन्द्रीय कार्यालय बबरमहलमा बस्नेछ।

गत बिहीबार नेकपा एमाले, जनमत, माओवादी केन्द्रबीच मधेशमा जनमतको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको थियो।

मधेशमा कांग्रेस, जसपा नेपाल र लोसपा मिलेर अघि बढेको खणडमा ५२ सिट मात्र पुग्छ। जुन संख्या सरकार बनाउन चाहिनेभन्दा दुई सिट कम हो।

मधेश प्रदेशमा एक/एक सिट रहेको राप्रपा, नागरिक उन्मुक्ति पार्टी र संघीय समाजवादी पार्टीले सरकार फेरबदलमा मौन छन्।

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू