मधेसमा कांग्रेस–एमाले–नेकपा गठबन्धन : जसपा र जनमत सरकारबाट बाहिर

55

काठमाडौं – मधेस प्रदेशमा नेपाली कांग्रेस, नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिचको नयाँ सत्ता समीकरण बनेको छ ।

मुख्यमन्त्री कृष्ण यादवले बिहीबार मौजुदा मन्त्रिपरिषद् पुनर्गठन गर्दै जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीका मन्त्रीहरूले राजिनामा गरेसँगै यस्तो समीकरण बनेको हो ।

मुख्यमन्त्री कृष्णप्रसाद यादवले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए । यादवले जनमत पार्टीका दुई मन्त्रीले राजीनामा दिएसँगै मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

सीके राउत नेतृत्वको जनमत पार्टीबाट अर्थमन्त्री बनेका महेशप्रसाद यादव र समाजकल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहाले मुख्यमन्त्री यादवसमक्ष राजीनामा दिएका थिए।

साथै, मुख्यमन्त्री यादवले ५ वटा मन्त्रालय आफैँसँग राखेका छन् । मुख्यमन्त्री यादवले अर्थ, शिक्षा तथा संस्कृति, श्रम तथा यातायात, भौतिक पूर्वाधार, खेलकुद तथा समाज कल्याण मन्त्रालय आफैँसँग राखेका हुन् ।

703576515_1041056872207792_1149237265882834858_n

समाचार वर्गहरू