वीपी राजमार्गमा माइक्रोबस दुर्घटना, एकको मृत्यु

36

(सिन्धुली) – वीपी राजमार्ग अन्तर्गत सिन्धुलीको कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ । दुर्घटनामा परी काठमाडौँ महानगरपालिका–११ गठ्ठाघर निवासी ३८ वर्षीय मोहन मर्हजनको मृत्यु भएको छ ।

झापाबाट काठमाडौं आउँदै गरेको बा ४ ख ६९६ नम्बरको माइक्रोबस कमलामाई नगरपालिका–२ भद्रकाली ढुङ्ग्रेभञ्ज्याङमा दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका २० यात्रुको सिन्धुलीको विभिन्न अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

कार्की सो बसका सवारीधनी साथै चालक रहेका प्रहरीले जनाएको छ । बाक्लो हुस्सु र तीब्र गतिका कारण माइक्रोबस दुर्घटना भएको हुनसक्ने प्रहरीले जनाएको छ ।

समाचार वर्गहरू