हेटौंडा – नेकपा माओवादी केन्द्रले बागमती प्रदेश सभा बैठकमा अवरोध गरेको छ ।मुख्यमन्त्री डोरमणि पौडेलले सभामा उठेका प्रश्नको चित्तबुझ्दो जवाफ नदिएको भन्दै माओवादीले अवरोध गरेपछि बैठक स्थगित गरिएको छ ।
नेकपा माओवादी बागमती प्रदेशको संसदीय दलका नेता शालिकराम जम्कट्टेलले सरकारको जवाफ चित्त नबुझेको भन्दै तथ्यपरक र सहि जानकारी दिनुपर्ने भन्दै विरोध जनाएपछि संसद स्थगित भएको हो ।
बिहीबार बिहान ११ बजेसम्मको लागि संसदको बैठक स्थगित भएको सभामुख सानुकुमार श्रेष्ठले बताए ।