मध्यबिन्दु/काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)की सांसद यशोदा सुवेदी गुरुङले मान्छेका मनमा रहेको छाउ प्रथा हटाउनुपर्ने बताएकी छिन् । प्रतिनिधिसभाको शून्य समयमा बोलेकी उनले गृह मन्त्रालयको छाउगोठ भत्काउने अभियान स्वागतयोग्य भएको उल्लेख गर्दै मान्छेका मनमा रहेको छाउ प्रथा पनि हटाउनुपर्ने बताएकी हुन् ।
सांसद गुरुङले महिलाले मात्र ब्रत गर्ने परम्परा रहेको ऋषी पञ्चमी र स्वास्थानी पुस्तकका केही पाना समेत च्यात्नुपर्ने बताइन् । धार्मीक अन्धविश्वासहरु भत्काउनुपर्छ भन्ने प्रसंगमा उनले यस्तो धारणा व्यक्त गरेकी हुन् ।
‘के गाँउ के शहर ! सरकार, राजनीतिक दल, नागरिक समाज सबैको सशक्त खाँचो छ, छाउसँग जोडिएर आउने धार्मिक अन्धविश्वासहरु भत्काउन,’ उनले भनिन्, ‘छाउ जस्ता संस्कारलाई मजबुद पार्ने स्वस्थानी व्रतकथा र ऋषीपञ्चमी ब्रतकथाका पानाहरु च्यात्न सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’