माल्टामा कांग्रेसको जनसम्पर्क समिति गठन

29

मध्यबिन्दु/माल्टा – माल्टामा नेपाली कांग्रेसको जनसम्पर्क समिति गठन गरिएको छ । सन्देश केसीको सभापतित्वमा युरोपेली मुलुक माल्टामा पहिलो पटक नेपाली कांग्रेसको जनसम्पर्क समिति गठन गरिएको हो । उपसभापतिमा रेमलाल खनाल चयन भएका छन् । महामन्त्रीमा उज्जल केसी, सहमहामन्त्रीमा निरज ढकाल र प्रकाश भण्डारी, कोषाध्यक्षमा शंकर खत्री तथा प्रवक्तामा विकेश घिमिरे निर्विरोध चयन भएका जनसम्पर्क समितिका महामन्त्री केसीले जानकारी दिए ।

सदस्यहरुमा रोशन गिरी, प्रकाश थापा, दिपक पोखरेल, आकाश गुरुङ, राजेश पंगेनी र सफल खरेललाई मनोनयन गरिएको छ ।

बेल्जियम जनसम्पर्क समितिकी अध्यक्ष तथा नेपाली कांग्रेसकी महासमिति सदस्य सीता सापकोटाले कार्यक्रमको प्रमुख आतिथ्यता गरेकी थिइन् ।

समाचार वर्गहरू