मेडिसिटी अस्पतालका प्रबन्ध निर्देशक झा पक्राउ

14

(काठमाडौं) – बलात्कार प्रयासको अभियोगमा ललितपुरको नख्खुस्थित मेडिसिटी अस्पतालका प्रबन्ध निर्देशक डा. रोहित कुमार झा पक्राउ परेका छन् ।

उपचारका लागि अस्पताल पुगेकी युवतीमाथि बलात्कार प्रयासको अभियोगमा डा. झा पक्राउ परेका हुन् । पीडित युवतीले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको ललितपुर प्रहरीका एस.एस.पी टेकप्रसाद राईले जानकारी दिए ।

पीडित पक्षबाट आज दिउँसो उजुरी दर्ता भएपछि प्रहरीले झालाई अस्पतालबाटै अघि साँझ पक्राउ गरेको हो । पक्राउ परेका झा मेडिसिटी अस्पतालमा इमरजेन्सी विभागमा कार्यरत छन् ।

उपचारका लागि अस्पताल पुगेकी ती युवतीले आफूलाई डा. झाले यौन दुर्व्यवहार गरेको किटानी जाहेरी आइतबार नै दिएकी थिइन्।

परिसरका डिएसपी सन्तोष तामाङका अनुसार डा. झालाई मंगलबार अनुसन्धानका लागि म्याद थप गर्न अदालतमा पेश गरिने छ ।

समाचार वर्गहरू