मोरक्कोमा २७ हजार अवैध आप्रवासी पक्राउ

26

एजेन्सी – उत्तर अफ्रिकी देश मोरक्कोमा सन् २०१९ मा २७ हजार भन्दा बढी अवैध आप्रवासीहरु पक्राउ परेका छन् । यो वर्ष हालसम्म २७ हजार ३ सय १७ अवैध आप्रवासीहरु पक्राउ परेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

पक्राउ पर्नेहरु मध्ये २० हजार ११४ जना विदेशी रहेको त्यहाँको प्रहरीले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनमा उल्लेख छ । सन् २०१९ भरीमा ६२ ओटा बेचविखन सम्वन्धी सञ्जाललाई तोडिएको र ५०५ जनालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । त्यसैगरी ३ हजार २१ जनाको नक्कली तथा झुटो कागजपत्रहरु नियन्त्रणमा लिइएको थियो ।

मोरक्कोलाई युरोप जाने माध्यमका रुपमा अफ्रिकी अवैध आप्रवासीहरुले प्रयोग गर्ने गरेका छन् । त्यसैले प्रत्येक वर्ष मोरक्कोबाट हजारौंको संख्यामा आप्रवासीहरु पक्राउ पर्ने गरेका छन् ।

 

रासस

मध्यबिन्दु अनलाइन
WRITTEN BY

मध्यबिन्दु अनलाइन

सूचना विभाग दर्ता नं.
दर्ता न. १७८८/०७६-७७

समाचार वर्गहरू