(एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोट्नह्यामले सुखद सुरुवात गरेको छ । शनिबार लण्डन डर्बीमा भएको खेलमा वेष्ट ह्यामलाई टोट्नह्यामले ३-२ गोल अन्तरले पराजित गरेको हो ।
टोटनहृयामको प्रिमियर लिगमा २० जनवरीपछि यो पहिलो अवे जित समेत हो । नव नियुक्त प्रशिक्षक जोसे मोरिन्होको पहिलो खेलमा टोट्नह्यामलाई जित दिलाउन सन ह्युन मिन, लुकास मौरा र ह्यारी केनले एक एक गोल गरे ।
खेलको ३६ औं मिनेटमा सनले गोल गर्दै टोट्नह्यामलाई अग्रता दिलाए । ४३ औं मिनेटमा मौराले गोल गर्दा टोट्नह्यामको अग्रता २-० को बन्यो । खेलको ४९ औं मिनेटमा कप्तान केनले गोल गरेपछि टोट्नह्याम ३-० ले अघि रह्यो ।
वेष्ट ह्यामका लागि मिचिल एन्टोनियो र एन्गेलो ओग्बोनाले एक एक गोल गरे । खेलको ७३ औं मिनेटमा एन्टोनियोले गोल गर्दै वेष्ट ह्यामलाई ३१ स्थितिमा ल्याए । त्यसपछि खेलको इन्जुरी समयमा वेष्ट ह्यामका ओग्बोनाले थप एक गोल गरेपनि टोट्नहम ३२ ले विजयी भयो ।
जितसँगै छैटौं स्थानको टोट्नह्यामले १३ खेलबाट १७ अंक जोडेको छ । पराजित वेष्ट ह्यामले १३ खेलमा १३ अंक जोडेको छ ।