यस्तो छ तिनदिनको मौसम पुर्वानुमान, आजबाट वर्षा र हिमपात हुने

56

काठमाडौं – शुक्रवार साँझबाट वर्षा र हिमपात गराउने पश्चिमी वायु प्रणाली नेपाल भित्रिने भएको छ। यसको असर शनिवारसम्म रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले विशेष बुलेटिन जारी गरी शुक्रवार साँझबाट भित्रिने पश्चिमी न्यूनचापीय प्रणालीका कारण सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान र लुम्बिनीका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने बताएको छ।

काठमाडौं उपत्यकाको हकमा आज पानी पर्ने सम्भावना देखिँदैन । आज राति काठमाडौंमा बादल लाग्ने र शनिबार हल्का वर्षा हुने वरिष्ठ मौसमविद मीन कुमार अर्यालले जानकारी दिए ।

‘भोलि शनिबार देशैभर साधारण बदली हुन्छ । सुदूरपश्चिम र कर्णालीका धेरै स्थानहरुमा तथा कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ,’ अर्यालले भने, ‘काठमाडौं उपत्यकामा भोलि शनिबार हल्का वर्षाको सम्भावना छ ।’

यो प्रणालीले जाडो बढाउने छ । त्यसैले चिसोबाट जोगिन आवश्यक सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । आज बिहान पौने ६ बजे काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियस मापन भएको छ । यो तापक्रम भोलि अझै घट्ने सम्भावना छ ।

पुस १२ गते शुक्रबारको मौसम पूर्वानुमान

प्रदेश समय/अवधि मौसम पूर्वानुमान
काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
राति हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना छ ।
मधेश प्रदेश दिउँसो तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
राति तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना छ ।
बागमती प्रदेश दिउँसो हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । पहाडी क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ ।
राति हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रहने सम्भावना छ ।
गण्डकी प्रदेश दिउँसो हिमाली क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।
राति हिमाली क्षेत्रमा साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेश दिउँसो पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।
राति पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति हिमाली क्षेत्रमा साधारणतया बदली रही हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का वर्षा साथै हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

पुस १३ गते शनिबारको मौसम पूर्वानुमान

प्रदेश समय/अवधि मौसम पूर्वानुमान
काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेककफ छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
मधेश प्रदेश दिउँसो तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
बागमती प्रदेश दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
गण्डकी प्रदेश दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
लुम्बिनी प्रदेश दिउँसो पहाडी क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
कर्णाली प्रदेश दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
राति हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
सुदूरपश्चिम प्रदेश दिउँसो हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।
राति हिमाली क्षेत्रमा साधारणतया बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ । तराई क्षेत्रमा साधारणतया बदली रही धेरै स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

पुस १४ गते आइतबारको मौसम पूर्वानुमान

प्रदेश समय/अवधि मौसम पूर्वानुमान
काेशी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ ।
राति हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ ।
मधेश प्रदेश दिउँसो तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ ।
राति तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ ।
बागमती प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ ।
राति हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ ।
गण्डकी प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ ।
राति हिमाली क्षेत्रमा आंंशिक बदली रही एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ ।
लुम्बिनी प्रदेश दिउँसो पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ ।
राति पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।
कर्णाली प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ ।
राति हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ ।
सुदूरपश्चिम प्रदेश दिउँसो हिमाली क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ । पहाडी क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ ।
राति हिमाली क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । पहाडी क्षेत्रमा आंंशिक बदली रहने सम्भावना छ । तराई क्षेत्रमा आंशिक बदली देखि मुख्यतया सफा रहने सम्भावना छ ।

यो मौसम प्रणालीको असरले तापक्रम समेत घट्ने र चिसो बढ्ने भएकाले वृद्ध,वृद्धा, बालकाललिकालाई सचेत रहन पनि विभागले जनाएको छ।

समाचार वर्गहरू